१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १९:२६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस-युक्रेन युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि : राष्ट्रसंघ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

रुस र युक्रेनबीचको युद्ध चर्किँदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदनअनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक संकट बढ्दै गएको देखाएको छ। 

युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक संकटको सबैभन्दा ठूलो बोझ बालबालिकामाथि परेको युनिसेफले जनाएको हो।

जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका गरिबीको रेखामुनि रहेको बताइएको छ। यसैगरी,  रोमानियामा पनि ११ लाख बालबालिका गरिबीमा बाँचिरहेको अल जजिराले उल्लेख गरेको छ।

युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्।’ 

यसले थप ४ हजार ५०० बालबालिकालाई आफ्नो पहिलो जन्मोत्सवअघि नै  मृत्युवरण गर्न विवश हुने र प्रत्येक वर्ष विद्यालय छाड्ने बालबालिकाको संख्या एक लाख १७ हजार पुग्ने गरेको अल जजिराले युनिसेफलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

हालै जारी भएको युनिसेफको अर्को प्रतिवेदनमा युक्रेनको युद्धमा झन्डै एक हजार बालबालिका मारिएका वा घाइते भएको बताइएको छ। 
लगभग छ महिनाअघि युद्ध बढेपछि युक्रेनमा कम्तीमा ९७२ बालबालिका हिंसाबाट मारिएका वा घाइते भएका छन्। 

करिब ६ महिनाअघि रुस–युक्रेन युद्ध सुरु भएको थियो। युक्रेनी शरणार्थी संकटको पूर्ण दायरा मापन गर्न गाह्रो छ । यद्यपि,  दोस्रो विश्वयुद्धपछि युरोपमा यसपटक देखिएको शरणार्थी संकट सबैभन्दा उच्च छ।

यसैबीच, युक्रेनका लगभग हरेक बालबालिकाले गहिरो पीडादायी घटनाहरूको सामना गरेका छन्। हिंसाबाट भाग्नेहरू पारिवारिक बिछोड, दुर्व्यवहार, यौन शोषण, थप आक्रमण र बेचबिखनको महत्त्वपूर्ण जोखिममा छन्।

बढ्दो शत्रुताले शिक्षा प्रणालीलाई तहसनहस बनाएको छ। युनिसेफको अनुमानमा १० मध्ये १ विद्यालय क्षतिग्रस्त वा नष्ट भएको छ। विद्यालयहरूलाई द्वन्द्वमा प्रयोग गरिएको छ।

जसले गर्दा परिवारहरूले आफ्ना बालबालिकाहरूलाई कक्षाकोठामा फर्काउन सुरक्षित महसुस गरेका छैनन्। संयुक्त राष्ट्रसंघ बाल कोषले तत्काल युद्धविरामको लागि आह्वान गरिरहेको छ। रासस