१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Friday, 09 May, 2025
२o७९ असोज ३१ सोमबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारलाई ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १२:५६:oo

अन्तरपुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।

मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो। निर्वाचन कार्यालयलाई  पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै चारबुँदे ध्यानाकर्षणपत्र बुझाइएको मञ्चका सहसंयोजक सरू जोशी श्रेष्ठले जानकारी दिइन्। गत बुधबार एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयहरूमा ध्यानार्षणपत्र बुझाएको थियो।

निर्वाचनको अघि विभिन्न राजनीतिक दलहरूले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र विजयी भएपछि नाराजुलुस र भोज गरी महिलामाथि हिंसा गर्ने परिपाटी विद्यमान रहेकाले यस्ता गतिविधि राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताइन्।
 
ध्यानाकर्षणपत्रमा निर्वाचनको समय तथा निर्वाचनपछि हुने चुनाव प्रचारप्रसार, विजय जुलुस आदिका नाममा हुने भोजभतेरको आयोजना तथा सोको नाममा भएका अत्यधिक मादकपदार्थ सेवनले महिलाले घरेलुहिंसा सहनुपरेको उल्लेख छ। महिला तथा बालबालिका यसबाट बढी पीडित भएको मञ्चको ठहर छ। कुनै पनि चुनावी प्रसारमा सक्रिय महिलालाई सुरक्षित वातावरण सिर्जना गराउन सुरक्षाका सम्पूर्ण उपाय अपनाएको सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।

कुनै पनि शारीरिक किसिमले निर्बल (वृद्धवृद्धा, अपंगता भएका, गर्भवती, सुत्केरी, बालबालिका आदि) महिला या पुरुष मतदान गर्न जाँदा–आउँदा राज्यको तर्फबाट गरिएको विशेष व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गरी सुदृढीकरण गर्न पनि मञ्चले सरकारलाई सुझाव दिएको छ।

निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउँदै जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर भट्टराईले आयोगको ध्यानाकर्षण भएको बताए। यस विषयलाई सुरक्षा बैठकमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएकाे मञ्जकी सदस्य गीता डंगोलले जानकारी दिइन्।