१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजीनामा स्वीकृत गर्न आयोगको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४३:oo

२३ असोजअघिसम्म राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका सरकारी, अर्धसरकारी, सार्वजनिक संस्था विश्वविद्यालय, सरकारी स्वामित्वमा रहेका संस्थाका कर्मचारीको राजीनामा पेस गरेकै मितिबाट स्वीकृत गर्न आयोगले निर्देशन दिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गरी त्यस्तो निर्देशन दिइएको जानकारी गराएका हुन्। विज्ञप्तिमा आयोगले निर्देशन कार्यान्वयनका लागि सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लेखी पठाउने निर्णय भएको पनि उल्लेख गरिएको छ। 

‘मिति २०७९/६/२३ गते भन्दाअगाडि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्था वा नेपाल सरकारको अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको कुनै पदाधिकारी वा कर्मचारीले राजीनामा पेस गरेको भएमा त्यस्तो राजीनामा पेस गरेकै मितिबाट लागू हुने गरी स्वीकृत गर्न आयोगले सम्बद्ध सबै निकायलाई निर्देशन दिने र निर्देशन कार्यान्वयनका लागि सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको छ,’ आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

 

ad
ad