१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
भरतमणि पौडेल
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

रामचन्द्र पौडेलको क्यारिकेचर गर्दा घाँटी दुख्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२६:oo

क्यारिकेचर अनुभव

मैले क्यारिकेचर गर्दा मासलाई यो क्यारिकेर मन पर्छ भन्ने अड्कल काटेर गर्छु । सम्बन्धित व्यक्तिको  अन्तर्वार्ता र  भाषण गरेको भिडियो निरन्तर हेर्छु । पारस शाहको क्यारिकेचर गर्न निकै धेरै अभ्यास गरेको छु । उहाँको हाउभाउ र शैली पछ्याउन निकै समय लाग्यो । मेरो उक्त प्रस्तुतिले राम्रो प्रतिक्रिया पाउँदा निकै खुसी लागेको थियो । पूर्वयुवराजले पनि उक्त प्रस्तुति मन परेको बताउनुभएको थियो । 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको क्यारिकेचर गर्न निकै कठिन छ । धेरै लामो समयसम्म उहाँको क्यारिकेचर गर्‍यो भने घाँटी नै दुख्छ । म प्रायः बजारमा बिक्ने विषयवस्तु र पात्र छानेर क्यारिकेचर गर्छु । यसरी क्यारिकेचर गर्दा दर्शकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नेतर्फ ध्यान केन्द्रित हुन्छ । साथै, मैले क्यारिकेचर गरेको पात्रमाथि अन्याय नहोस् भन्नेतर्फ पनि सतर्क रहन्छु । 

ad
ad