मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २९ शनिबार १९:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वस्थ जीवनशैली सिक्न सामुदायिक प्राकृतिक चिकित्सालय पुग्नेहरू बढे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २९ शनिबार १९:२१:००

स्वस्थ जीवनशैलीबारे जानकारी हासिल गर्न सामुदायिक प्राकृतिक चिकित्सालय पुग्नेहरू बढिरहेका छन् । यसबीच, पोखराको छोरेपाटन माबिका शिक्षकहरूले चिकित्सालयको अध्ययन अवलोकन गरेका छन् । 

प्राकृतिक चिकित्सा जीवनशैलीबारे जानकारी हासिल गर्न अवलोकन टोली रजहर आएको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले जानकारी दिए । 

हरिप्रसाद सापकाेटा, सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक

टोलीलाई चिकित्सालयकी सहायक निर्देशक डा. आजाद पुरीले प्राकृतिक चिकित्सा जीवनशैलीबारे प्रशिक्षण गराएकी थिइन् । 

अध्ययन अवलोकन भ्रमणबाट स्वस्थ जीवनशैली कसरी बनाउने भन्ने जानकारी प्राप्त भएको विद्यालयका प्राचार्य डिल्लीराम शर्माले जानकारी दिए । 

शिक्षकहरूलाई डा. पुरीले पेट नै रोगहरूको घर भएको भन्दै आहार र आनिबानीमा विशेष जोड दिनुपर्ने बताएकी थिइन् । 

‘रोगको घर भनेको पेट नै हो । खानेकुरा नपचेर भित्रभित्रै सड्न थालेपछि रोग लाग्न सुरु हुन्छ । त्यसैले हामीले खाने प्रत्येक खाना दाँतले राम्रोसँग टुक्र्याएर मात्र पेटमा पुर्याउनुपर्छ,’ प्रशिक्षणमा डा. पुरीले भनिन्, ‘खाना खाँदै पानी पिइयो भने त्यसले खाना पचाउन निकाल्ने र्यालहरु नष्ट भइदिन्छ । खाना पचाउन निस्कने अग्नि नष्ट हुन्छ । त्यसैले खाना खानुभन्दा आधाघण्टा अघि र खाना खाएको एक घण्टापछि मात्र पानी पिउनुपर्दछ ।’ 

उनले बिहान ६ बजेदेखि साढे नौ १० बजेभित्र र साँझ साँढे सात बजेभित्र खाना खाइसक्नुपर्ने बताइने । ‘बिहान ६ देखि साढे नौ, दश बजेसम्म मात्र सक्रियतापूर्वक पाचन प्रक्रिया हुन्छ । त्यसपछि खाना खाइयो भने पचाउने तत्व कम भइसकेको हुनाले पच्न सक्दैन । र विषाक्त भई रोग लाग्न सक्छ । यस्तै, साँझको खाना घाम नअस्ताउँदै खाने गर्नुपर्छ,’ उनले भनिन्, ‘खानेकुरा छिटो–छिटोभन्दा धेरै चपाएर खाने गर्नुपर्छ । यति ध्यान दिइयो भने मात्रै पनि स्वास्थ्य राम्रो बनाउन सकिन्छ ।’

नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा वर्षेनि अध्ययन अवलोकन गर्नेहरू बढिरहेको व्यवस्थापक हरिप्रसाद सापकोटाले जानकारी दिए । 

कुनै पनि प्रकारका रसायनयुक्त औषधिको प्रयोग नगरी यो अस्पतालले प्राकृतिक चिकित्सा विधिबाट उपचार गर्दै आएको छ ।