मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाको हेलिकोप्टरबाट बिरामी र विद्यार्थीको उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध छ। पछिल्लाे समय जहाज पनि नियमित नभएपछि जुम्ला सदरमुकाम खलंगामै थन्किएका विद्यार्थी र बिरामीको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको छ।
   
सुर्खेतमा आइतबार परीक्षामा सामेल हुनुपर्ने विद्यार्थी र टिकट पाए पनि जान नपाएका बिरामीलाई सेनाको हेलिकोप्टरले उद्धार गरेको हो। 

नन्दा बक्सगणका गणपति रविन थापाले परीक्षा छुट्न लागेका विद्यार्थीलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको जानकारी दिए। गणपति थापाले भने, ‘बाढीपहिरोले सडक अवरुद्ध छ। जहाजको नियमितता छैन। यो अवस्थामा विद्यार्थीको परीक्षा नछुटाउनका लागि वैकल्पिक उपाय अपनाएर पठाउनुपर्ने अवस्था थियो।’
 
एक सातादेखि विद्यार्थीहरू विमानस्थलमा टिकटका लागि लाइनमा बसेका थिए। उनीहरूले सहजै रूपमा टिकट नपाउने भएपछि परीक्षामा सहभागी हुने वातावरण बनाइदिन स्थानीय प्रशासनसमक्ष माग गरेका थिए।

प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जहाज ल्याउन अधिकतम पहल गर्दा पनि नआउने भएपछि सेनाको हेलिकप्टरमा विद्यार्थी र बिरामी पठाएको बताए। उनले भने, ‘विद्यार्थीले परीक्षा दिन पाउने भए। बिरामीले उपचार गराउन पाउने भए।’

सेनाको हेलिकोप्टर जुम्लाको हिमा गाउँपालिकामा बाढीपहिरोले क्षति बेहोरेका नागरिकका लागि राहत सामग्री ल्याएर आएको थियो। गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग ठप्प छ। जहाज सबै पर्यटक बोक्न पूर्वतिर हिँडेकोले नियमित उडान हुन सकेको छैन। 

जहाजको उडान संख्या बढाउन सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरकारलाई आग्रह गरिएको भए पनि सुनुवाइ हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालय जुम्लाले संकलन गरेको विवरणअनुसारका विद्यार्थी र बिरामी हेलिकाेप्टरबाट पठाइएको थियो।