१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनले चुनाव जिते मात्रै देशले लय समात्छ : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:o२:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्न सक्ने दाबी गरेका छन्। शनिबार वाम–लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने जिकिर गरे। विद्युत् उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेसन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, देशभर पर्यटन प्रवर्धन गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको उनको दाबी छ।

‘देशमा अब समृद्धिको विकल्प छैन। नेपाली युवाहरूले देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ। रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ। त्यसका लागि समृद्धि आवश्यक छ,’ उनले भने, ‘ त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ। यसले लय पनि समातेको छ। गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने देशले लय समात्छ।’

प्रवक्ता महतले पूर्वप्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप लगाएका छन्। उनले जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर स्वार्थकेन्द्रित भएको आरोपसमेत लगाए। ओलीको नेतृत्वमा नेपालको परराष्ट्रनीति अल्मलिएको भन्दै उनले अबका दिनमा देशको स्वार्थकेन्द्रित हुने दाबी गरे।

ad
ad