१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १५:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

टर्कीको कोइला खानीमा विस्फोट, २८ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:३४:oo

टर्कीमा कोइला खानी विस्फोट हुँदा २८ जनाको मृत्यु भएको छ। खानीमा मिथेन विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु  भएको थियो। विस्फोटमा कैयौँ फसेको अनुमान गरिएको छ। 

शनिबार उद्धारकर्ताले उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जनभन्दा बढी कामदारलाई  उद्धार गरेका छन्।  

अहिलेसम्म ५८ जनाको सकुशल उद्धार गरिएको छ। १५ जना कामदार अझै खानीभित्र फसिरहेको अनुमान गरिएको छ। आन्तरिकमन्त्री सुलेमान सोयलुले खानीमा फसेका कामदारको उद्धार कार्य जारी रहेको बताए। 

ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। खानीमा फसेका कामदार ३०० र ३५० मिटर तल रहेको अनुमान गरिएको छ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्विटरमार्फत जानकारी दिएका छन्। 

केही कामदार विस्फोटपछि आफैँ बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको  थियो। यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक क्षेत्रमा भएको विस्फोटमा करिब ११० जना कामदारकाे ज्यान गएको थियो। 

ad
ad