मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७९ असोज २८ शुक्रबार १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट जुम्लास्थित हिमाका ३८६ घर पूर्ण क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १८:३o:oo

असोज तेस्रो साताको वर्षासँगै आएको बाढीपहिरोले हिमा गाउँपालिकाभित्रका सात वडाका तीन सय ८६ घर पूर्ण रूपमा क्षति भएका छन्। यस्तै, पाँच सय १९ घर आंशिक क्षति र ६ सय १३ घर सामान्य क्षति भएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए। उनले भने, ‘पूर्ण रूपमा घर क्षति भएका घरपरिवार विस्थापित भएका छन्।’

उनीहरू अहिले स्कुल तथा खुला ठाउँमा पाल टाँगेर बसेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष शाहीका अनुसार विस्थापित नागरिकका लागि कर्णाली प्रदेश सरकारसँग दुई सय ६१ थान पाल र दुई सय ६१ थान नै कम्बल माग गरेका छौँ। यस्तै, बाढीपहिरोले साना जलविद्युत् आयोजनामा पनि क्षति पुगेकाले पुन जडान गर्न विद्युतीय सामग्री पनि माग गरिएको वडाध्यक्ष रतन शाहीले बताए। 

उनले भने, ‘हिमा गाउँपालिका– १ मा ३५ घर पूर्ण रूपमा भत्किएका छन्। ९७ वटा घर जोखिममा परेका छन्। २१ बिघा खेतीयोग्य जमिन बाढीले कटान गरेको छ। ३२ हजार स्याउका बिरुवामा बाढीपहिरोले क्षति गरेको छ।’ 

कर्णाली प्रदेश सरकारसँग माग गरेअनुसार एक सय पाल, एक सय कम्बल, ६० टेन्ट र दुई बट्टा पानी सफा गर्ने पियूष आएको छ। साे सामान बिहीबार हेलिकोप्टरमार्फत जुम्ला पुगेको हो। हिजोआज विस्थापितलाई राहत वितरण भइरहेको वडाध्यक्ष शाहीले बताए।