१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ४ शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेशबाट अपहरणमा परेका किशोरको विराटनगरमा हत्या

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:४४:oo

फिरौती रकमका लागि मधेस प्रदेशको सिराहाबाट अपहरणमा परेका एक किशोरको  प्रदेश १ को राजधानी विराटनगरमा हत्या भएको खुलेको छ। फिरौती रकमका लागि २३ असोजदेखि अपहरण गरिएका  सिराहा गोलबजार– ३ का १७ वर्षीय अंशु सदाको विराटनगर बसपार्कस्थित एक होटेलको कोठाभित्र हत्या भएको खुलेको हो।

सदाको शव प्रहरीले  विराटनगर– १३ बसपार्कस्थित न्यु अप्सरा गेस्टहाउसको कोठा नम्बर १ भित्र बक्स पलङमुनिबाट शुक्रबार दिउँसो बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा धनुषा कमल नगरपालिका– ६ का १८ वर्षीय विष्णु मण्डल  र सोही उमेरका प्रशान्त  मण्डल तथा मोरङ रतुवामाई नगरपालिका– ५ का २६ वर्षीय मनोज कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेको मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

एसपी कोइरालाका अनुसार इँटाले मुख थुनेर इँटाले टाउकोमा प्रहार गरेर सदाको हत्या गरेको अपहरणकारीहरूले प्रारम्भिक सोधपुछका क्रममा स्वीकार गरेका छन्। सिराहाको गोलबजार उत्तर चुरे क्षेत्रमा बस्दै आएका निम्न आर्थिक अवस्था भएका सदालाई अपहरणकारीले २३ असोजदेखि विराटनगर बसपार्कस्थित उक्त गेस्टहाउसमा बन्धक बनाएर राखेका थिए।

अपहरणकारीहरूलाई सिराहा प्रहरीको सूचनाका आधारमा फिरौतीबापतको एक लाख रुपैयाँ बैंकबाट निकाल्न जाने क्रममा शुक्रबार मोरङ प्रहरीले पक्राउ गर्न सफल भएको हो। सोधपुछका क्रममा उनीहरूले गेस्टहाउसमा अपहरण गरेका सदाको हत्याबारे प्रहरीलाई बताएका थिए। तर, निम्न आर्थिक अवस्था भएका दलित (मुसहर) समुदायका किशोरलाई नै किन अपहरण गरेर फिरौती मागे र घटनामा अन्य को–को संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए। सदाको हत्या बिहीबार राति भएको हुन सक्ने प्रहरीको आशंका छ।

 

ad
ad