
नेकपाले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका सहइन्चार्ज प्रभु साहलाई निष्कासन गरेको छ। रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साहलाई एमालेले शुक्रबार पार्टीबाट निष्कासन गरेको हो।
त्यस्तै, रौतहटका इन्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुसवाहलाई पनि एमालेले निष्कासन गरेको छ। उद्धव रेग्मीलाई रौतहटको सहइन्चार्जको जिम्मेवारी दिइएको छ।
यसअघि एमाले मधेस प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको थियो। स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सत्तागठबन्धनले समर्थन गर्ने निर्णय गरिसकेको छ।