१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु, उम्मेदवारको मात्र चुनावचिह्न रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:५३:oo

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ। 

उम्मेदवारको मात्र चुनावचिह्न रहने गरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरिएको छ। यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिनेछन्।

बिहीबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताए। 

उनले समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने बताए। उनले भने, ‘मतपत्र छपाइ गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया पनि सुरु हुन्छ।’

ad
ad