१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अर्जुननरसिंह केसीका प्रतिस्पर्धी सुदर्शन पुडासैनी भन्छन्- जनतासँगै खाका मागेर विकासको मोडल बनाउँदै छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१४:oo

नुवाकोट– २ का स्वतन्त्र उम्मेदवार इन्जिनियर सुदर्शन पुडासैनीले निर्वाचन क्षेत्रकै जनतासँग विकासको खाका मागेर विकास मोडल तयार गर्न लागेको बताएका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै उनले स्थानीयकाे आवश्यकताका आधारमा आफ्नो योजना तय गर्न लागेको बताएका हुन्।

३० वर्षे सिभिल इन्जिनियर पुडासैनीले आफू निर्वाचित भएपछि माथिबाट लाद्ने विकास नभई जनताको आवश्यकतालाई प्राथमिकता दिन सुझाव र विवरण संकलन गरिरहेको बताए । उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

‘नेतृत्वमा युवा पुस्ताको आवश्यकता महसुस गरेर नै मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ। मलाई सबैको साथ छ । जित सुनिश्चित छ,’ उनले भने, ‘म पेसाले पनि इन्जिनियर भएकाले यस क्षेत्रको भूगोल र विकासका आवश्यकता राम्ररी बुझेको छु। यसका लागि मतदाताबाटै खाका मागेर विकासको मोडल र घोषणापत्र तयारी गर्दै छु।’

नुवाकोट– २ मा कांग्रेस नेता अर्जुननरसिंह केसी प्रतिनिधिसभा उम्मेदवार छन्। नुवाकोट २ मा कांग्रेसबाट प्रवक्ता प्रकाशशरण महतको समेत नाम चर्चामा रहेको थियोे । कांग्रेसका दुई प्रभावशाली नेताको दाबी रहेको यो क्षेत्र सधैँ चर्चामा रहने गरेको छ।
 

ad
ad