१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५४:oo

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक हरित हाइड्रोजन सम्मेलन सुरु भएको हो । 

अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन लगायतको संयुक्त आयोजनामा भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । आयोजकले समिटले दिगो विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायुमैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्न सहयोग पुर्‍याउने अपेक्षा राखेको छ । त्यसैगरी, ऊर्जाको सहज प्रसारणसम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने दाबी गरिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्मेलनको उद्घाटन गर्दै वर्षायाममा उत्पादित विद्युत् खेर जाने र हिउँदको समयमा उत्पादन कम भई आयात गर्नुपर्ने अवस्थालाई समाधान गर्न हाइड्रोजन ऊर्जाको उत्पादन उपयुक्त विकल्प हुने बताइन् । हाइड्रोजन र युरिया मल उत्पादन गर्ने प्लान्ट स्थापना गरी तत्कालका लागि वर्षामा खेर जाने विद्युत्को खपतगर्न सकिने भुसालले बताइन् । उनले भनिन्, ‘मन्त्रालयले कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययन समेत गरिसकेको हुँदा छिट्टै टुंगो लाग्छ ।’

हाइड्रोजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने र हाइड्रोजनका रूपमा विद्युत्लाई निर्यात गर्ने अवस्था सिर्जना हुने उनको भनाइ थियो । तत्कालका लागि यस्तो प्रविधि आर्थिक रूपमा महँगो भए पनि भविष्यमा यसले प्रसारण लाइनको जटिलतालाई समेत समाधान गर्ने भएकाले यसका लागि नेपाल तयार हुनुपर्ने बताइन् ।

ad
ad