१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:३६:oo

अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ।

नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि कालिकोटमा अवतरण गरेको छ। मेल्छामबाट तीन घाइते र सर्केगाड गाउँपालिका– ७ की सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गर्न लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले जानकारी दिए। 

‘पहिलो फ्लाइटमा मेल्छाम र रोडिकोटबाट बिरामीको उद्धार गर्छ। त्यसपछि चंखेलीको दार्माबाट बिरामी लिएर ताजाँकोट गाउँपालिका– ५ को घाइते बालकको उद्धार गर्छौँ,’ डिएसपी ओझाले नयाँ पत्रिकासँग भने। सर्केगाड गाउँपालिका– ७ की २५ वर्षीया पवित्रा छन्त्याल चार दिनदेखि सुत्केरी व्यथाले छटपटाएकी छिन्।

अविरल वर्षाका कारण चंखेलीको मेल्छाममा एकै घरका चार र ताजाँकोट गाउँपालिका– ४ मा एकजना गरी पाँचजनाको मृत्यु भएको छ।

ad
ad