मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Wednesday, 02 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २२ शनिबार १५:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १५:३२:oo

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सापकोटाले उम्मेदवार नबन्ने निर्णय गरेको बताए।

त्यस अवसरमा उनले लगातार तीनपटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएकोमा सिन्धुपाल्चोकका मतदाताप्रति आभार व्यक्त गरे। उनले आफू संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

२०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सापकोटा २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। क्षेत्र नं १ मा माओवादीले योपटक  पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधलाई उम्मेदवार बनाउने तयारी गरेको छ।