१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

तराईका जिल्लामा कुस्ती खेलको लोकप्रियता बढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:५४:oo

तराईका जिल्लामा पछिल्लो समय कुस्ती खेलको लोकप्रियता बढ्दै गएको छ  । कुनै पनि चाडपर्व वा मेलाको अवसरमा पछिल्लाे समय कुस्ती प्रतियोगिता पनि समावेश हुने गरेको छ । 

बाराको दक्षिणी भेगमा चाडपर्वसँगै कुस्ती प्रतियोगिताले पनि स्थान पाउँदै आएको छ । दसैँ अर्थात् दशहराको उपलक्ष्यमा आयोजित मेलामा सुवर्ण गाउँपालिकाले पनि कुस्तिीप्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा नेपाल र भारतका पहलमानले आ-आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।   

कुस्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलवानका ४० जोडीले भाग लिएका थिए । पछिल्लो समय स्थानीय तह गठनसँगै तराईका जिल्लामा कुस्ती प्रतियोगिता धेरै हुने गरेका छन् ।

यस्ता कुस्ती प्रतियोगिता हेर्न अन्य स्थानीय तह तथा छिमेकी जिल्लाबाट समेत मानिस आउने गर्छन् । कुस्ती प्रतियोगितामा राम्रो खेल कौशल प्रदर्शन गर्ने पहलमानलाई पुरस्कृत गर्ने गरिन्छ ।

 

ad
ad