Skip This
गोरखाको मनास्लु इलाकाबाट दुई इजरायलीसहित आठको उद्धार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २१:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखाको मनास्लु इलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २१:१७:oo

नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र ६ नेपालीलाई उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार इजरायली नागरिक ओरी ओरअफ र यरिभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको हो । उद्धार गरिएका आठैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।