१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनको बैठक बालुवाटारमा जारी, बेलुकीसम्म सिट बाँडफाँड टुंग्याउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँडका लागि सत्तारूढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ। 

आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँचदलीय कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए। 

 बिहीबारसम्मको बैठकमा जसपा पनि बैठकमा सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।

लोसपाका नेता अनिल झा सत्तारूढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिए। कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड गरिसक्ने उनले बताए। 

निर्वाचन क्षेत्र बाँडफाँडका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको छ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ।

त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँड गरी दलले उम्मेदवार तोक्नुपर्नेछ। यसका लागि अब भोलिसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँड सक्न चार दल लागेका हुन्।

सत्तागठन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता छ।