Skip This
पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग पराजित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ। लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो।

दक्षिण अफ्रिकाले दिएको दुई सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा आठ विकेट गुमाएर दुई सय ४० रन मात्र बनाउन सक्यो। 

पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले नाै रनले हरायो । जितसँगै तीन खेलको शृृंखखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता कायम गरेकाे छ। 

दक्षिण अफ्रिकाका लुंगी एनजिडीले तीन तथा कागिसो राबडाले दुई विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा चार विकेट गुमाएर दुई सय ४९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन तथा हेन्रिच क्लासेनले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, क्विन्टन डी ककले ४८ रन जोडे।

भारतका लागि सन्जु सामसन र श्रेयस आयरले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन भने सकेनन् । सामसनले अविजित ८६ रन तथा श्रेयसले ५० रनको अर्धशतकीय पारी खेले।

भारतका शार्दुल ठाकुरले दुई विकेट लिए। भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतबार तथा अन्तिम खेल मंगलबार हुनेछ । यसअघि भएको टी–२० शृंखला भारतले जितेको थियो।