१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाढी, पहिरो र डुबानपीडितको उद्धार र राहतमा  लाग्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४८:oo

गृहमन्त्री बालकृष्ण खाणले मंगलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुबानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित प्रदेशका सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गर्दै सरकारको प्रमुख दायित्व भनेको नागरिकको जिउधन र सम्पत्तिको रक्षा भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । 

उनले अर्घाखाँची, प्युठान, रुपन्देही, दाङलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बाढी, पहिरो र डुबानले पुर्‍याएकाे जनधनको क्षतिबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता  फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनले प्राकृतिक प्रकोपमा परेका जनताको उद्धार, उपचार र राहतका जिल्लामा भएको स्रोतसाधनको उपयोग गर्न र नपुगेको अवस्थामा तत्कालका लागि आवश्यक पर्ने स्रोतसाधनको मन्त्रालयमा माग गर्न निर्देशन दिए । 

ad
ad