१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले पाल्पा-गुल्मी सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:१५:oo

अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको छ। 

पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका- २ जोर्तेमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

जोर्ते बजारमाथि सडक चौडा गरेको स्थानमा ठूलो पहिरो गएको स्थानीय स्थानेश्वर गैरेले बताए । 

सडक डिभिजनको एक्स्काभेटरले अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दिउँसोसम्ममा बाटो खुल्ने सम्भावना छ।

सडक अवरुद्ध हुँदा बुटवलतर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारीसाधन र त्यसतर्फबाट बुटवल, पाल्पा आउने सवारीसाधन बाटोमै रोकिएका छन्। 

ad
ad