१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Friday, 09 May, 2025
२o७९ असोज २० बिहीबार o८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार o८:५६:oo

निरन्तरको वर्षाका कारण मनाङ जाने एक मात्र बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। बुधबार अपराह्नदेखि सडक अवरुद्ध भएको हो। 
 
लगातारकाे वर्षाले मनाङको नासोँ गाउँपालिका– ३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पुर्‍याएपछि पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ।

यता बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ   अर्खलेबेँसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ। 

बुधबार अपराह्न  ४ बजेदेखि बेँसीसहर–चामे सडकखण्डको मर्स्याङ्दी गाउँपालिका– ४ मा पर्ने अर्खले र जगतबीचको दुई ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

 जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए। उनका अनुसार निरन्तर वर्षा भएकोले   सडक खुलाउन समस्या भएको छ।