मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङको आइएमई मनिट्रान्सफरबाट करिब नौ करोड चाेरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

ताप्लेजुङ जिल्लाको मुटु वीरेन्द्रचाेकमा रहेको आइएमई मनिट्रान्सफरबाट करोडौँ रुपैयाँ लुटिएको छ।
 
जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठको आइएमईबाट आज बिहान ९ बजेर २० मिनेट जाँदा करोडौँ लुटिएको हो।

आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजोदेखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो। 

आज बिहान पनि करिब ९ बजेर १८ मिनेटतिर फोन आएको थियो। फोन आएलगत्तै फेसमाक्स लगाएका चारजना युवा आइएमई  छिरेका थिए। 

आशामायाका अनुसार तीमध्ये तीनजना आएर आशामायाको मुख, आँखा, हात, खुट्टामा टेप लगाए। सँगै आएको अर्को एकजनाले सिसिटिभी उक्काएर पैसा, सुन लुटेर लगेको उनले बताइन्। आशामायाको अनुहार तथा हातमा चोट लागेको छ। 

प्रारम्भिक अनुसन्धानअनुसार पैसा र सुन गरेर करिब नाै करोडबराबरको धनमाल लुटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वास्तविक तथ्यांक आइसकेको छैन। लुटेराहरूको खाेजीकार्यका लागि विभिन्न नाकामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।