मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १६ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १६ आइतबार १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इटहरीका पूर्वमेयर चौधरी माओवादी केन्द्रमा प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १६ आइतबार १२:o५:oo

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

माओवादी अध्यक्ष प्रचण्ड, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएका हुन्।

माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका छन्।

विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन्। उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।