१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी चुनावमा माओवादीले काठमाडौंका २० जनवर्गीय संगठन परिचालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:o८:oo

नेकपा माओवादी केन्द्रले काठमाडौं जिल्लाभित्र क्रियाशील २० जनवर्गीय संगठनलाई आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ ।पार्टीको काठमाडौं जिल्ला समन्वय समितिले शुक्रबार सबै जनवर्गीय संगठनका अध्यक्षहरुसँग बैठक बसी सो निर्णय लिएको हो ।

माओवादीको काठमाडौं जिल्ला समन्वय समिति संयोजक उमेश स्थापितका अनुसार शुक्रबार सम्पन्न किसान, महिला, शिक्षक, व्यापार, नेवा, युवा, खेलकुद, विद्यार्थी, संचारलगायत क्षेत्रमा रहेका जनवर्गीय संगठनका काठमाडौं कमिटी अध्यक्षहरुसँगको भेलाले आगामी निर्वाचनमा पार्टीका पक्षमा प्रचार प्रसार गर्नेगरी खट्ने÷खटाउने निर्णय भएको हो ।

‘हामीले विगतको निर्वाचनबाट पाठ सिक्दै यसपटक गाउँनगरसम्मका कमिटीलाई निर्वाचनमा परिचालन गर्नुपर्ने आवश्यकता छ, घर घरमा पुगेर मतदातलाई भेट्ने गरी प्रचार–प्रसारमा लाग्ने निर्णय भएको छ’ स्थापितले भने । उनले सबै जनवर्गीय संगठनलाई निर्वाचनमा कस्तो भूमिका खेल्ने भन्ने बारेमा जिम्मेवारीसमेत तोकिएको र दशैंपछि प्रचार प्रसारमा लाग्ने निर्णय भएको बताए ।

भेलामा पार्टीको काठमाडौं जिल्ला सह–इन्चार्ज तथा केन्द्रिय  सदस्य पावर्ती थापाले जनवर्गीय संगठनलाई मतदाता शिक्षासँग जोड्नुपर्ने आवश्यकता रहेको बताएको थिइन् । ‘हामीले विगतमा चुनाव प्रचार गर्दा बाटोमा हिड्ने र र्‍याली गर्ने गर्‍याैँ । अब प्रत्येक घरमा पुगेर पार्टी र सरकारले गरेका राम्रा कामहरुबारे बुझाउनुपर्छ’ उनले भनिन् ।त्यस्तै काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेलले जनआधातिर पार्टी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले सबै जनवर्गीय संगठनलाई एकताबद्ध बनाएर चुनावमा परिचालन गर्ने निर्णय भएको बताए ।

ad
ad