१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा महिलामाथि सामूहिक बलात्कार

पक्राउ परेकालाई राजनीतिक दलको दबाबमा छाेडेकाे पीडित पक्षको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५२:oo

पश्चिम नवलपरासीमा सामूहिक बलात्कारको आरोप लागेको समूहलाई प्रहरीले राजनीतिक दलको दबाबमा छाडिदिएको छ। पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी एक महिलालाई घरमा कोही नभएको समयमा राति जबरजस्ती घरभित्र पसेर बलात्कार गरेको आरोप छ।

पीडित महिलाका अनुसार राति पटकपटक फोन गरेर दुःख दिएका उनीहरु पछि चारजनाको समूहले घरभित्रै पसेर बारीमा लगेर बलात्कार गरेका थिए। महिलाले हारगुहार गरेर चिच्याएपछि गाउँलेले समातेर उनीहरुलाई प्रहरीमा बुझाएका थिए।

बलात्कारमा संलग्न चारजनामध्ये प्रतापपुर–६ का दुर्गेश गुप्ता फरार भएका थिए भने इलाका प्रहरी कार्यालय बेलाटोरीले प्रतापपुर–६ का रवीन्द्र गुप्ता, सुजित गुप्ता र सुस्ता गाउँपालिका–५ का उस मोहम्मद मियाँलाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनजनालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको दबाबमा छाडिएको पीडित महिलाका आफन्तले बताएका छन्।

तर, पीडितले समयमै जाहेरी नल्याएकाले आरोपितहरुलाई तारेखमा छाडेको प्रहरीको दाबी छ। इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले पीडित पक्षले कार्यालय समय भन्दापछि मात्र जाहेरी ल्याएकाले जाहेरी नलिएको बताए।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले घटना घटेको क्षेत्र इलाका प्रहरी कार्यालय बेलाटारीमै जाहेरी दर्ता गर्नुपर्ने भएकाले जिल्लाको निर्देशनमा बेलाटारीलाई जाहेरी लिन पठाएको बताए। उनका अनुसार महिलामाथि बलात्कार नभइ बलात्कारको प्रयास भएको जाहेरीमा उल्लेख छ। उनले भने, 'जाहेरी आएको छ। दोषीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइने छ।'