Skip This
डेंगु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस काठमाडौं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ : महामन्त्री थापा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। 

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेंगुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन्। 

‘प्रधानमन्त्रीले आपतकालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्छ,’ उनले भने। 

पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारसँग देशभरको डेंगु संक्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे। 

सरकार महामारीको वेलामा अरू कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ थियो।

महामन्त्री थापाले पार्टीभित्र सही ढंगले न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आएको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने वेला आएको उल्लेख गरे। 

उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताए। 

पार्टीभित्रका नेताले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकता बोध हुन थालेको बताए। 

उनले देशको वर्तमान मुद्दा नेपालका युवाले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए।