मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका विराटनगर
२o७९ असोज १४ शुक्रबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छिमेकी गाउँमा झारफुक गर्न हिँडेका युवकको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १४:२५:oo

मोरङको सुनवर्षीमा धामीझाँक्रीको काम गर्दै आएका एक युवकको शव फेला परेको छ। सुनवर्षी नगरपालिका– ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादवको रहस्यमय हत्या भएको हो।

धामी बस्न भनेर घरबाट हिँडेका यादवको शव शुक्रबार बटरबारीको भित्री सडकखण्डमा फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनको पेटमा धारिलो हतियार प्रहार गरेको गहिरो घाउ पाइएको छ।

यादव १४ असोजको साँझ घरबाट मोटरसाइकल चढेर छिमेकी गाउँमा झारफुक गर्न भनेर हिँडेका थिए। झारफुक गर्ने गाउँमा नपुग्दै उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। शवनजिकै यादवले चढ्ने गरेको प्रदेश १ –०२–०४४ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। 

घटनाबाट यादवको नियोजित हत्या भएको शंका बलियो भएकाले गहन अनुसन्धान थालिसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।