१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रासस काठमाडौं
Invalid date format १२:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ। गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसायिक उडान सुरु गरेको हो।

नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी दिए।

सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ। ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियन कम्पनीसँग लिजमा ल्याइएको हो। एमएसएन नं. ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घन्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए।

एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो। कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरी ७२–६०० सिरिजका विमानहरूको उत्पादन सुरु गरेको हो।

नेपालमा ट्रंक रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो। विमानको आयु यसको साइकल र उडान घन्टामा आधारित हुन्छ। एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ। एक उडानलाई एक साइकल गणना गरिन्छ।

‘नेपालीको महान् पर्व बडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ। यसले दसैँको वेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ,’ प्रवक्ता बर्तौलाले भने। उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकूलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ।

सो एयरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौं चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ।