१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १४ शुक्रबार ०७:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

देश एमालेमय बनेको छ : ओली

Read Time : < 1 मिनेट
२०७९ असोज १४ शुक्रबार ०७:३५:००

एमाले अध्यक्ष केपी ओलीले देश एमालेमय बनेको दाबी गरेका छन् । उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको उल्लेख गरे । बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था देखेर आमनागरिक दिक्क भएको बताए ।

सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे । अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्तिसन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन एमालेबाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे ।

उनले नेकपा एसका बारा जिल्ला अध्यक्ष तथा निवर्तमान सांसद सुन्दर विश्वकर्मा, केन्द्रीय सदस्य सीता गुरुङलगायतलाई पार्टी प्रवेश गराए । उनले ओलीले भ्रम र त्रासमा परेर अन्यत्र रहेकाहरुलाई एमालेमा प्रवेश गराइने बताए । ‘विभिन्न भ्रममा पारेर, विभिन्न ढंगले वैचारिक हिसाबले र अरु हिसाबले पनि त्रासमा पारेर विभिन्न पार्टीहरुले अल्झाएर राखेका छन् उनीहरुलाई एमालेमा ल्याउनुपर्छ, सही ठाउँमा ल्याउनुपर्छ,’ उनले भने ।