१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गए : माधव नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन्। बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी) ले दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताएका हुन्।

उनले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताए। उनले नेताहरूले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताए। अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट साबित गरेर अरूको मन जित्न सक्नुपर्ने बताए। उनले देशको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनेबारेमा आफूले सोचिरहेको बताए।

उनले भने, ‘यो कम्युनिस्ट पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र, हामीले सोचिरहेका छौँ कि कसरी यो देशको सिंगो कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकियोस्। बलियो बनाउन सकियोस्। असल कार्यकर्ताहरू तयार गर्न सकियोस्। समाजका परिवर्तनका बाहकहरूलाई, इमान्दार मानिसहरूलाई, स्वच्छ छवि भएका व्यक्तिहरूलाई अगाडि बढाउन सकियोस्। किनभने हामी नै सबै हिसाबले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन। अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ। यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरूले विश्वास गुमाउँदै गइरहेका छन्। त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ। त्यसैले हामी अरूजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ। जब हामी आफैँ व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट साबित गर्छौं अनि बल्ल अरूको विश्वास जित्न सक्छौँ।’

उनले मानिसहरूमा आफूले पटक–पटक अवसर पाउँदा ठीक ठान्ने र अरूले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रूपमा नलिने प्रवृत्ति बढेको बताए। आफूले पाएको छैन भने अनुहार अँध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उनले टिप्पणी गरे।