Skip This
तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एजेन्सी एजेन्सी
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार

तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँलगायतका उत्पादन रुसी मुद्रामा ‘विशेष छुट’ हुने गरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ।
 
युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरूले रुसमाथि  बन्देज लगाएपछि  मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।

आर्थिक विकास, व्यापार र ट्रान्जिटलाई तालिबानले गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा  राखेको छ। 

इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ।

यस वर्षको सुरुमा उच्चस्तरीय तालिवान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो। 

मस्कोबाहेक, यस क्षेत्रका देशका  थुप्रै कम्पनीले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन्।

तालिवान नेतृत्वले  आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग व्यापार सम्झौताको निरन्तर खोजीमा रहेको बताउँदै आएको छ।

मंगलबार जारी गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानको अर्थतन्त्र गम्भीर आर्थिक संकुचन र तालिवानको कब्जापछि आएको बैंकिङ तथा वित्तीय संकटका कारण निकै कमजोर भएको बताएको छ।

‘उपलब्ध तथ्यांकले भन्सार र गैरकर स्रोतहरूद्वारा सञ्चालित जुन महिनासम्मको राजस्व संकलन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको स्तरसँग बराबर रहेको र कोइला र फलफूलबाट सञ्चालित निर्यातले विगतको आँकडालाई उछिनेको देखाएको छ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई दिएको पछिल्लो त्रैमासिक प्रतिवेदनमा सोबारे उल्लेख गरिएको छ।

राजनीतिक अनिश्चितता, सेवाहरूमा अपर्याप्त पहुँच र आर्थिक सहभागिताबाट महिला बहिष्करणका कारण सहायता प्रवाहमा अचानक रोक लगाइनुले आर्थिक वृद्धिमा समस्या आएको देखिएको छ।