मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिश्रसँग तुलना भएपछि भट्टराईले भने–सखर र गोबर उस्तै देखिए पनि आधारभूत कुरा मिल्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:११:oo

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता आफ्नो पार्टीको नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै हुन् भन्ने कुरा उठिरहेको भन्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु गुँड (सखर) र गोबर झैँ भएको उल्लेख गरे। माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेसपासम्म आइपुगेका डा. भट्टराईले विवेकशील साझाबाट राप्रपा प्रवेश गरेका मिश्रसँग आफ्नो तुलना भएपछि यस्तो प्रतिक्रिया दिएका हुन्। ‘आज सामाजिक सञ्जालमा देखेँ–आखिर वैकल्पिक भन्नेहरूको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदै छ, बाबुराम पनि पछि फर्कियो’ भन्नेछ। गुँड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो। त्यसको आधारभूत कुरा केही पनि मिल्दैन,’ उनले भने।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जात, भाषाअनुसार पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए। नेपालको शासकीय निर्वाचन प्रणाली खिचडीजस्तो भएको उनको भनाइ छ। उनले भने, ‘यो संविधान आधा गिलास भरी र आधा खाली छ। नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई ध्यान दिँदै हामीले पूर्ण रूपमा क्रान्ति पूरा गर्न नसकेको नै हो। सम्झौताको बाटोबाट गए पनि मूलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर, पूर्ण गर्न सकेनौँ।’