मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १२ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १२ बुधबार १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलीय प्रणाली कमजोर बनाउने कुरा मान्य हुँदैन : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १२ बुधबार १५:५७:oo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्राे जसले गरे पनि एमालेले समर्थन गर्ने बताएका छन्।  

काठमाडौं– ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताए। 
 
‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ। राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ। राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ। सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ उनले भने, ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ। तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन। एउटा दल खराब भए फेरि अर्को दल आउँछ।’

एमसिसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्तागठबन्धनले तमासा गरेको उनले बताए। 

‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने, ‘हामीसँग दुईवटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन। तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ।’

जनताको भावनाअनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे। आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए। ‘मंसिर ४ गते एमाले आउँछ। सूर्य चिह्न आउँछ–आउँछ,’ उनले भने ।