१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सूची नसच्याइए विद्रोह गर्ने इतर समूहको घुर्की, कारबाही गर्ने संस्थापन पक्षको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५३:oo

कांग्रेसमा समानुपातिक उम्मेदवारको बन्दसूचीसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । एकलौटी रुपमा सूची तयार गरिएको भन्दै शेखर कोइराला–गगन थापा समूह आन्दोलनमै उत्रेको छ भने संस्थापन पक्षले विधानविपरीतका गतिविधि भए कारबाही गर्ने चेतावनी दिएको छ । 

समानुपातिकतर्फको सूचीलाई लिएर कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ । एकलौटी रुपमा सूची तयार भएको भन्दै इतर समूह आन्दोलनमै उत्रेको छ भने संस्थापन पक्षले विधानविपरीतका गतिविधि भए कारबाही गर्ने चेतावनी दिएको छ । 

इतर समूहको आरोपको प्रतिवाद गर्दै संस्थापन पक्षले आमसहमतिमा बन्दसूची तयार भएको र विरोध गर्नुको औचित्य नरहेको प्रतिक्रिया दिएको छ । यहीबीचमा शीर्ष तहमा संवादको पनि थालनी भएको छ । 

बन्दसूची सच्याउनेबारे सभापति शेरबहादुर देउवाले मंगलबार पदाधिकारी र नेताहरुसँग छलफल गरेका छन् । निर्वाचन आयोगले सूची सच्याउन १६ असोजसम्मको समय दिएको छ । 

एक नेताका अनुसार छलफलका क्रममा सूची सच्याउनेबारे सामान्य छलफल भएको थियो । मंगलबार प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी कार्यालय सानेपामा पत्रकार गर्दै संस्थागत निर्णयविरुद्ध जानेलाई कारबाहीको चेतावनी दिएका छन् । 

‘समानुपातिकको बन्दसूचीमा एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । सम्पूर्ण निर्णय पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय बोर्डका सदस्य, आमन्त्रित नेता, प्रदेश सभापतिलाई समावेश गरेर सहमतिबाट सातै प्रदेश छुट्याएर त्यहाँका अग्रणी नेता सामेल गरेर भएको हो । निर्णय प्रक्रियामा सबैको सहभागिता छ । बन्दसूचीमा धेरैको संख्याबाट नाम समावेश गर्दा केही त्रुटि भने भएका छन् । तर, त्यो एउटा पक्षलाई पक्षपोषण गरेर या अर्को पक्षलाई कमजोर गर्ने हिसावले भेदभावपूर्ण रुपमा केही भएको छैन,’ डा. महतले भने, ‘एकलौटी भयो भन्नुमा कुनै सत्यता छैन । विधानविपरीत कुनै क्रियाकलाप हुन्छ भने पार्टी हितअनुरुप हुँदैन । पार्टीले ती कुरालाई नजिकबाट नियालिरहेको छ ।’

गठबन्धनमा सिट बाँडफाँड टुंग्याएसँगै कांग्रेसको सूचीमा हेरफेर हुन सक्ने महतको भनाइ छ । ‘गठबन्धनमा सिट बाँडफाँड पनि नटुंगिसकेकाले कतिपय साथीलाई समावेश गर्नुपर्ने कारणले परिमार्जन हुन सक्छ,’ उनले भने । 

इतर समूहले भने बन्दसूचीको विषयलाई लिएर बुधबारबाट आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको सुरुवातका रुपमा बुधबार पार्टी कार्यालय सानेपामा दिउँसो १२ देखि १ बजेसम्म धर्नाको कार्यक्रम रहेको छ । १४ असोजसम्म सूची सच्याउन पहल नभए कठोर आन्दोलन थाल्ने यो समूहको चेतावनी छ । 

इतर समूहका नेता गुरुराज घिमिरेले भने बन्दसूचीमा रहेका नाम टुंगो लगाउने क्रममा इतर समूहलाइ सहभागी नगराइएको दाबी गरे । घिमिरेले गठबन्धनका दलहरुलाई दबाब दिएर आफूहरुका माग सम्बोधन गराउने रणनीति लिएको खुलाए । उनले आफूहरुको असन्तुष्टि विद्रोहसम्म पुग्न सक्ने बताए । 

मौन शेखर–गगन
बन्दसूचीको विषयलाई लिएर इतर समूहका दोस्रो वरीयताका नेताहरु भेला र आन्दोलन गरिरहँदा महामन्त्री गगन थापा र नेता शेखर कोइराला भने मौन छन् । पछिल्लो समय भएका भेला छलफलमा पनि उनीहरु सहभागी छैनन् । 

महामन्त्री थापा त गठबन्धनको बैठकमा पनि उपस्थित भएका छैनन् । उनले गठबन्धनमा कांग्रेसले सय सिट पाउनुपर्ने अडान राख्दै आएका थिए । ‘उहाँहरु नेतृत्वसँग निरन्तर छलफलमा पनि हुनुहुन्छ । साथसाथै दबाब पनि बढाउन आवश्यक छ,’ एक नेताले नयाँ पत्रिकासँग भने, ‘हामीले उहाँहरुसँगको छलफलअनुसार नै दबाबका कार्यक्रम गरिरहेका छौँ ।’

इतर समूहका केन्द्रीय सदस्य मधु आचार्यले सूची सच्याउने समय रहेकाले ठूला नेताहरुको प्रतिक्रिया नआएको दावी गरे । 
 

ad
ad