१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आजदेखि आचारसंहिता लागू

मन्त्री र प्रधानमन्त्री आफ्नो क्षेत्रमा मात्र चुनाव प्रचारमा हिँड्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:२३:oo

प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि बुधबार (आज)देखि आचारसंहिता लागू हुँदैछ । स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता, २०७९ लाई निर्वाचन आयोगले लागू गरेको हो । 
निर्वाचन सम्पन्न नभएसम्म् आचारसंहिताको सम्पूर्ण व्यवस्था कार्यान्वयन गर्न र गराउन आयोगले मंगलबार सरोकारवाला पक्ष दलहरु, सरकार, संवैधानिक निकाय, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षण संस्था, सञ्चारमाध्यम, शिक्षक, बैंक तथा वित्तीय संस्था र आममतदातालाई निर्देशन तथा आग्रह गरेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता लागू गर्न दलहरुलाई ६० बुँदे निर्देशनसमेत दिइएको छ । आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दिएको दिर्नेशनमा निर्वाचन (कसुर तथा सजाय) ऐन र आचारसंहितामा भएका प्रावधानलाई समेटेर के गर्न पाउने, के नपाउने उल्लेख छ । 

आयोगले आचारसंहितामा दलहरुको चासो सम्बोधन गरेको छैन । तर, व्यावहारिक रुपमा मन्त्री र प्रधानमन्त्रीलाई देशभर चुनाव प्रचारमा जान अनुमति दिने, घरदैलोलगायत प्रचार कार्यक्रम खुकुलो गर्ने नीति लिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 
 

ad
ad