Skip This
मनास्लु हिमपहिराे अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव निकाल्न समस्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Saturday, 27 July, 2024
रासस काठमाडाै‌
२o७९ असोज ११ मंगलबार १८:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनास्लु हिमपहिराे अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव निकाल्न समस्या

Read Time : > 1 मिनेट
रासस, काठमाडाै‌
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार १८:२६:oo

उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ। 

पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।  

हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार गरिएको हो। 

सकुशल उद्धार गरिएकाहरूमा सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्बा, २९ वर्षीय फुर्ते शेर्पा, संखुवासभा घर भएका २७ वर्षीय सुकमान तामाङ, निमा शेर्पा, ४० वर्षीय निमादोर्जे शेर्पा र २५ वर्षीय दावा शेर्पा रहेकाे उनले बताए। 

त्यस्तै, दोलखा घर भएका ४० वर्षीया फुरिता शेर्पा, ३७ वर्षीय लाक्पा तामाङ र ४४ वर्षीय जितबहादुर शेर्पाको पनि सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। 

आज उद्धार गरिएकामध्ये ४० वर्षीय निमादोर्जे शेर्पाको अवस्था भने गम्भीर रहेको उनले बताए। घाइते सबैलाई उद्धारपछि हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइसकिएको प्रहरी नायब उपरीक्षक लामिछानेको भनाइ छ।

हिमपहिरामा परेका अन्य तीनजनाको अवस्था भने सामान्य रहेकाले उनीहरू आधार शिविरमा आएपछि पुनः काममा फर्किएका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। 

उनले पहिरामा परी ज्यान गुमाएका संखुवासभा जिल्ला घर भएका अनुप राईको शव निकाल्न भने कठिनाइ भइरहेको बताए।  

'त्यस क्षेत्रमा आज पनि पुनः मौसम पनि बिग्रन थाल्यो,' प्रहरी नायब उपरीक्षक लामिछानेले भने, 'शव केही तल खोँचमा रहेकाले निकाल्न कठिनाइ भइरहेको छ।'

आज नै शव निकाल्न सक्ने अवस्था नरहेकाले भोलि मात्र राईको शव निकाल्न आधार शिविरमा हेलिकोप्टर पुग्ने उनले बताए।

विभिन्न चार एजेन्सीबाट गएका उनीहरू सोमबार हिमपहिरामा परेका थिए। प्रहरीका अनुसार इमेजिङ एक्सप्रेसनबाट गएका पाँच, सेभेन समिटका गएका तीन, एचके एक्सप्रेसनबाट गएका दुई र चितवन एड्भेन्चरबाट गएका तीनजना हिमपहिरामा परेका हुन्।