मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेल्थ असिस्टेन्ट संघले बुुझायो स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ। 

मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो। 

०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाइ छ।

लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ। 

मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए। 

उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति, २०७६ को समेत खिल्ली उडाएको बताउँदै उनले संगठन संरचनात्मक दरबन्दी २४ घन्टाभित्र फिर्ता गर्न आग्रह गरे। उनले सर्वपक्षीय छलफलबाट विद्यमान नीति, नियम र कानुनसम्मत हुने गरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे। 

ज्ञापनपत्र बुझाउँदै उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ०७९ असाेज ४ को माननीय मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहमा रहने आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन मात्र नभई योग्यताकै धज्जी उडाएको छ। माथिल्लो तहमा लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूको मानमर्दन हुने केही निहित स्वार्थ बोकेका व्यक्तिहरूको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन। यसले योग्यता र लोकसेवा प्रक्रियाबाट सेवा प्रवेश गर्नेलगायतउपर अत्याचार हुने हाम्रो ठहर छ र उक्त निर्णयप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

ज्ञापनपत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरूको माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।