Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ११ मंगलबार १०:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी र एनसिसी बैंकबीच मर्जर सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ११ मंगलबार १०:१९:००

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच मर्जर सम्झौता भएको छ । एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

कुमारी बैंकका अनुसार सम्झौताबमोजिम दुवै बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्जरपछि पनि एनसिसीका हालका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल नै सिइओ हुनेछन् भने बैंकको नाम कुमारी नै रहनेछ । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । 

दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसिसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । जसअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रूप पाउन लागेको हो ।दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा दुई खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

कर्मचारी कटौतीका लागि दुवै बैंकमा स्वैच्छिक अवकाश योजना ल्याइने बताइएको छ । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९ सय कर्मचारी छन् । एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या तीन सय ५५ पुग्नेछन् । गत आर्थिक वर्षसम्म कुमारी बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ७७ करोड ३९ लाख रुपैयाँ छ । 

त्यस्तै, एनसिसी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा दुई अर्ब दुई करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।