१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २o:४६:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

गीतकार पनेरूको ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

वरिष्ठ गीतकार केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ बोलको गीतको भिडियो लोकार्पण गरे। 

स्वरूपराज आचार्यको गायन, संगीत कीर्ति न्यौपाने, संगीत संयोजन फणिन्द्र राईको रहेको सो गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार श्रेष्ठले अभिनय गरेका छन् । श्रेष्ठसँगै गीतकार पनेरू, मञ्जु श्रेष्ठ, सुनील बन्जाडेलगायतले अभिनय गरेका छन्। 
गीत लोकार्पण कार्यक्रममा गीतकार पनेरूले म्युजिक भिडियोका रूपमा आफ्नो पहिलो कृति रहेको जानकारी दिए। गीतले समाजलाई रूपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोच रहने बताउँदै पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए। 

उनले आफू नेपाली साहित्य तथा गीतको क्षेत्रमा सिकारु रहेको बताए। ‘नेपाली साहित्य बजारमा आफ्नो प्रयास इँटा मात्र हो,’ उनले गीतका सन्दर्भमा भने, ‘मानिस बाहिरी रूपमा सुखी भए पनि भित्र हुन सकेको हुँदैन। मेरो गीतले यथार्थ भावना पोखोस् भन्ने छ।’

वरिष्ठ कलाकार श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ राम्रो गीत बनेको बताए। आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव गीतले बोकेको उनको भनाइ छ। उनले भने, ‘मलाई प्रायः भिडियोमा खेल्न आफ्नै स्वर सुहाउँछ। तर, यसमा अरूको स्वरमा अभिनय गर्दा पनि राम्रै देखिएको रहेछ।’ 

पछिल्लो समय गीत चलाउन गाह्रो रहेको बताउँदै ‘सुखी हुनु छैन मलाई’ राम्रो बनेकोले स्रोता एवं दर्शकबाट राम्रै प्रतिक्रिया पाउने विश्वास मदनकृष्णले व्यक्त गरे। उनले गीतमा अभिनय गर्ने अवसर पाएकोमा गीतकार पनेरूप्रति धन्यवाद व्यक्त गरे।

वसन्त सापकोटाको निर्देशनमा तयार भिडियोलाई दिनेश पराजुलीले छायाँकन एवं राकेश दाहालले सम्पादन गरेका हुन्। कार्यक्रममा गीतसँग जोडिएका सम्पूर्णलाई अभिनेता मदनकृष्ण श्रेष्ठको हातबाट मायाको चिनोद्वारा सम्मानसमेत गरिएको थियो। भिडियो गीतकार स्वयंको ‘केदार पनेरू’ युट्युब च्यानलमा हेर्न सकिन्छ। पूर्वसहसचिव पनेरू साहित्यकार पनि हुन्।