१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका कोजाचा लोपान
Invalid date format २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'सामूहिक चिहान'मा युक्रेनी सेनाले अनुसन्धान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कोजाचा लोपान
नयाँ पत्रिका
Invalid date format २o:३७:oo

युक्रेनी सेनाले सीमानजिकै रहेको एक परित्यक्त पूर्वरूसी चौकीमा सयौँ शवहरू राखिएको आशंका गरिएको एक शंकास्पद सामूहिक चिहानस्थलको अनुसन्धान गरिरहेको सैनिक र स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्। यो स्थल अन्तर्राष्ट्रिय सीमाबाट लगभग दुई किलोमिटर टाढा कोजाचा लोपानबाहिर रहेको औद्योगिक कुखुरा फार्म हो।

यसअगाडि उक्त स्थललाई रूसी सेनाले आफ्नो ट्यांकलाई राख्न प्रयोग गर्ने गरेको बताइएको छ। अधिकारी र सैनिकले १०० वटासम्म शवको बारेमा बताए पनि यो संख्यालाई स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन। यसै महिनाको सुरुमा युक्रेनी सेनाले उक्त क्षेत्रलाई पुनः कब्जामा लिएको थियो र उत्तरपूर्वी क्षेत्र खार्किभलाई कब्जाबाट मुक्त गर्नका लागि ब्यापक गोलाबारी गर्दै रूसी सेनालाई सीमापारि धकेलेको थियो।

तर, शंकास्पद चिहान अझै पनि रुसी तोपखानाको दायराभित्र रहेको र प्लान्टको सुरक्षा गरिरहेका सैनिकहरूले एएफपीलाई बताएअनुसार खानी र नफुटेका विस्फोटक पदार्थ हटाउने क्रममा खानी खन्ने टोलीले उक्त क्षेत्रमा सफाइ गरिरहेको बताइएको छ। फरेन्सिक टोलीले उक्त क्षेत्र सुरक्षित नभएसम्म अनुसन्धान गर्न सक्नेछैन।

कोजाचा लोपानको स्थानीय प्रशासनका प्रमुख ल्युडमिला भाकुलेन्कोका अनुसार युक्रेनी सेनाले पहिलोपटक अप्रिलमा उक्त क्षेत्र कब्जा गर्ने प्रयास गरेको थियो। उनले भने, 'मलाई हाम्रो गाउँमा आएका सैनिकहरूले सैनिकहरूको चिहान देखेको बताएका थिए तर उनीहरूले संख्याबारे यकिन जानकारी दिएका थिएनन्।'