मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलित र ब्राह्मण परिवारले राखे सामूहिक जमरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१३:oo

नुवाकोटको बेलकोटमा राख्ने गरिएको सामूहिक जमराको परम्पराले यो वर्ष पनि निरन्तरता पाएको छ। बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरन्जना भगवतीको मन्दिरमा रहेको दसैँघरमा सोमबार घटस्थापनाको दिन ब्राह्मण, जनजाति र दलित समुदायले सामूहिक जमरा राखेका हुन्। 

ब्राह्मण र दलितको सँगै जमरा राख्ने चलन धेरै पुरानो भएको स्थानीयहरूको भनाइ छ। यहाँ सामूहिक जमरा राख्ने चलन पृथ्वीनारायाण शाहकै पालाबाट सुरु भएको स्थानीयको दाबी रहँदै आएको छ। सामूहिक जमराको परम्परा पृथ्वीनारायाण शाहकै पालादेखिको चलन भएको बुढापाकाले बताउने गरेको मन्दिरमा उपासे मानबहादुर रानाले बताए।

उनले भने, ‘जमरा राख्ने क्रममा कुनै छुवाछुत हुँदैन। सबैले आ-आफ्नो घरबाट जमराको लागि आवश्यक जौ, तिल, मकैजस्ता सामग्री ल्याउने र यहाँ राख्ने गर्दछन्।’

यो वर्ष १२ घर दलित समुदायसहित एक सय ८१ परिवारले दसैँघरमा सामूहिक जमरा राखेको मन्दिरका पुजारी नारायणप्रसाद पौडेलले बताए। उनका अनुसार सामूहिक जमरा दलित, ब्राह्मण, क्षेत्री, नेवार, मगरले राखेका हुन्। दसैँघरमा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ। सामूहिक जमरा राखेकाहरूले विजयादशमीको दिन मन्दिरमा जमरा पूजा गरी घरघरमा लैजाने चलन रहेको निरञ्जना भगवती गढी क्षेत्र विकास संरक्षण समितिका पूर्वअध्यक्ष कालीबहादुर तिवारीले बताए।