१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १० सोमबार १३:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफूहरूलाई बेवास्ता गरे गठबन्धनलाई असहयोग गर्ने इतर समूहको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १० सोमबार १३:४५:००

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफूहरूलाई बेवास्ता गरे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिएको छ। ठमेलको एक होटेल जारी असन्तुष्ट समूहको बैठकले आफूहरूलाई सम्मानजनक भाग नदिए विद्रोह गर्ने चेतावनी दिएको हो।

कांग्रेस संस्थापन समूहले समानुपातिक सूचीमा नाम सारेको, आफ्ना पकेटका मान्छेको नाम राखेर पार्टीमा योगदान दिएका कार्यकर्ताको नाम हटाएको भन्दै नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्ष असन्तुष्ट छ। समयमै असन्तुष्टि सम्बोधन नगरे अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना रहेकाे इतर समूहका एक नेताले नयाँ पत्रिकासँग बताए।

गठबन्धनमा पाँच दल मिलाउन लगातार १८ घन्टा समय दिने सभापति शेरबहादुर देउवाले आफूहरूलाई १८ मिनेट पनि समय नदिएको उल्लेख गर्दै इतर समूहले पार्टीमा ४० प्रतिशत सिट नपाए असहयोग गर्ने चेतावनी दिएको छ।