१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल फर्किन्छु भनेका सन्दीपले सोसल मिडियामा लेखे–तनावमुक्त हुन आइसोलेसनमा छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o५:oo

नाबालिकामाथि बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछाने २४ भदौपछि सोसल मिडियाबाट सार्वजनिक भएका छन् । सन्दीपले २३ भदौमा अन्तिमपटक नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग बलात्कार मुद्दासम्बन्धी छलफल गर्दै अनुसन्धानमा नेपाल छिट्टै आउने प्रतिबद्धता जनाएका थिए । उनले २४ भदौमा अन्तिमपटक सोसल मिडिया फेसबुक अकाउन्ट चलाएका थिए । त्यसवेला सन्दीपले आफू निर्दोष भएको र नेपालमा आएर मुद्दा लड्ने बताएका थिए । सन्दीपले १७ दिनपछि आइतबार फेसबुक चलाएका हुन् । उनले फेसबुक स्टाटस लेख्दै आफू मानसिक रूपमा बिरामी भई तनावमुक्त हुन आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । 

२१ भदौमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दायर भएको थियो । नेपाल प्रहरीले अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । क्यानले २४ भदौमा सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । क्यारेबियन लिग बीचमै छाडेर सन्दीप असोजको चौथो साता नेपाल आउने भनी वेस्ट इन्डिजबाट उडेका थिए । तर, उनी नेपाल आएनन् र सम्पर्कविहीन भए । सन्दीप सम्पर्कविहीन भएपछि नेपाल प्रहरीले इन्टरपोलसँग सहकार्य गर्दै उनलाई नेपाल फर्काउने तयारी गरिरहेको छ । सन्दीपले एक्कासि घटनाको १७ दिनपछि सोसल मिडियाबाट आफूलाई सार्वजनिक गरेका छन् । 

‘सबै कुराले मलाई एकातिर मानसिक असर ग¥यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिनुपर्‍यो, मानसिक तनाव र स्वास्थ्य खराबीका कारणले मैले आफूलाई आइसोलेसनमा राखेर बसेको छु,’ सन्दीपले फेसबुक अकाउन्टमा पछिल्लो ताजा अपडेट राखेका छन्, ‘झुटो जाहेरीकै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगेँ, डाक्टरहरूको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु ।’ 

आफ्नो स्वास्थ्यमा सुधार आएको बताउँदै सन्दीपले जतिसक्दो चाँडो नेपाल फर्किएर झुटो उजुरीविरुद्ध डटेर प्रतिवाद गर्ने जनाएका छन् । सन्दीपले १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुन पाउनुलाई सौभाग्यका रूपमा लिएका छन् । उनले लेखेका छन्, ‘म सदैव विश्व क्रिकेट जगत्मा नेपालको नाम उच्च राख्ने प्रेरणाले अघि बढेको छु, आफ्नो मिहिनेतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गरेको छु ।’ 

सन्दीपले आफूविरुद्ध परेको मुद्दा २२ भदौमा थाहा पाएको बताएका छन् । उनले यो मुद्दा झुटो भएको दाबी गरेका छन् । ‘मविरुद्ध २१ भदौमा परेको जाहेरी २२ भदौमा थाहा पाएँ, झुटो जाहेरीको विषयमा एकलौटी तरिकाले वर्णन गरिएको छ, सत्यतथ्य नबुझी झुटो जाहेरीका आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए,’ उनले लेखेका छन्, ‘मेरो नाममा वारेन्ट जारी भएको समाचार, मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने, के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन ।’  इमानदार क्रिकेटर खेलाडीलाई गम्भीर षड्यन्त्रको सिकार बनाइएको सन्दीपले जनाएका छन् । ‘मेरो अनुपस्थितिमा मलाई अपराधी साबित गराउने झुटो जाहेरी प्रपञ्चविरुद्ध कानुनी लडाइँ लड्नेछु,’ उनले भने ।