१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ बैशाख २९ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यार्थीलाई लक्षित गर्दै सुर्तीजन्य पदार्थ सेवनसम्बन्धी अध्ययन गरिँदै

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १७:o८:oo

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै सुर्तीजन्य पदार्थ सेवनसम्बन्धी अध्ययन अघि बढाएको छ। परिषद्ले चालू आर्थिक वर्षमै सक्ने गरी सो अध्ययन अघि बढाएको हो।

अध्ययनका क्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ। सहरी क्षेत्रका २५ र ग्रामीण क्षेत्रका २५ वटा विद्यालयबाट तीन हजार ७५० जना विद्यार्थीलाई यस अनुसन्धानमा सहभागी गराइनेछ। ती विद्यालयमध्ये सरकारी र निजी विद्यालयबाट नमुना अनुसन्धान थालिनेछ0।

पछिल्लो समय स्कुल तहका युवाहरूमा पनि सुर्तीजन्य पदार्थ सेवन बढेको र त्यसले भविष्यमा नसर्ने रोग थप बढाउन सक्ने भन्दै सरकारले चालू आवमै सो अनुसन्धान कार्यलाई अघि सारेको थियो। असारभित्र अध्ययन कार्य सकिने परिषद्का सदस्य सचिव तथा कार्यकारी प्रमुख डा. प्रमोद जोशीले जानकारी दिए। उनका अनुसार यससम्बन्धी अनुसन्धान आवश्यकता देखिएकोले परिषद्ले काम अघि बढाएको जानकारी दिए।

उनका अनुसार यस अध्ययनले विद्यालय तहमा धुम्रपान सेवन गर्नेको संख्या पत्ता लाग्नेछ भने त्यसबारेमा थप आवश्यक रणनीति तय गर्न पनि मद्दत पुग्नेछ। अध्ययनका लागि ३० जना जनशक्ति लाग्नेछ भने ६० लाख रुपैयाँ खर्च हुनेछ। ‘विशेष गरी स्कुलले बच्चामा धुम्रपान सेवनको प्रयोग कस्तो छ भनेर तथ्यांक पत्ता लगाउनका लागि यो अध्ययन गर्न लागिएको हो, यसले भोलिका दिनमा नसर्ने रोगमा थप रणनीति तय गर्न पनि मद्दत पुग्नेछ,’ डा. जोशीले भने, ‘यसमा नमुना सर्वेक्षणबाट अध्ययन हुन्छ, सबैतिरका विद्यार्थीहरूलाई यसमा सहभागी गराउँछौँ।’

उनका अनुसार पछिल्लो समय स्कुल तहका विद्यार्थीहरूमा पनि धुम्रपानको प्रयोग बढेको भन्ने सूचना र आशंकाका आधारमा अध्ययन अघि बढाइएको हो। अध्ययनका लागि विभिन्न प्रश्नावली तयार पारिएको छ। उक्त प्रश्नावलीको फारम विद्यार्थी स्वयंलाई भर्न दिइनेछ।