Skip This
आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ९ आइतबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार २o:o६:oo

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छीखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ। 

हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा पनि ७ जना मात्रै स्थायी हुन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले भवन र कर्मचारी अभावका कारण प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जानकारी गराए। उनका अनुसार भवन र पर्याप्त कर्मचारी हुने हो भने जिल्लाका सबै स्थानमा आयुर्वेद उपचारको सहज पहुँच पुर्‍याउन सकिन्छ। तर, जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद औषधालय सेवाको पहुँच पुगे पनि प्रभावकारी भने छैन। 
‘हामीलाई भवन र कर्मचारी अभाव छ, अर्को कुरा सेवाग्राही पनि कम आउनुहुन्छ,’ उनले भने, ‘यसबारे हामीले जनचेतना प्रवाह गरिरहेका छौँ।’ 

उनका अनुसार एक वर्षको अवधिमा जिल्लामा झन्डै दश हजारले आयुर्वेदिक उपचार सेवा लिएका छन्। यहाँ २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको छ। केन्द्रकी आयुर्वेद चिकित्सक डा.सृष्टि श्रेष्ठले पनि सबैको पहुँचमा आयुर्वेद उपचार सेवा पुग्न नसकेको जानकारी दिइन्। उनका अनुसार जिल्लाका बागमती, कोन्ज्योसोम र महाकांल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ। तर, तीनमा जम्मा दुईजना कर्मचारी मात्रै छन्। व्यवस्थित संरचना नहुँदा र कर्मचारीको अभाव हुँदा सहज स्वास्थ्य सेवा दिन सकिएको छैन। 

‘एकातिर आयुर्वेदिक उपचार पद्धतिलाई विश्वास गरिन्न, अर्कोतिर यसका सेवा प्रवाहको लागि व्यवस्थित संरचना पनि छैनन्,’ उनले भनिन्, ‘आयुर्वेद औषधि र उपचार पद्धति पनि विश्वासिलो बनिसकेको छ, मात्र हामीले यसबारे जनचेतना जगाउन जरुरी छ।’ 

जिल्लामा ललितपुर महानगरपालिका, गोदावरी, महालक्ष्मी नगरपालिकामा पनि आयुर्वेद सेवा केन्द्रको कार्यालय खोलिएको छ। तर, कर्मचारी अभावका कारण त्यसलाई सञ्चालन गर्न कठिन भइरहेको छ।