मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Saturday, 22 March, 2025
२o७९ असोज ९ आइतबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाको स्याउ बगैँचामा पुगे अर्थमन्त्री जनार्दन शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार १७:o७:oo

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा गुठीचौर गाउँपालिका- ५ जुम्लास्थित फुजी स्याउ बगैँचामा पुगेका छन्। स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री शर्मा बगैँचामा पुगेका हन्। अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए। 

कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि र आयात प्रतिस्थापन असम्भव रहेको उनको भनाइ छ। जुम्लाकै ठूलो गुठीचौर एग्रो फर्मको उद्घाटन गर्न शनिबार जुम्ला पुगेका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए।

उनले भने, ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ। तीनै तहका सरकारले कृषिमा युवा आकर्षितत गर्ने नीति ल्याउन जरुरी छ। गुठीचौर एग्रो फर्म जुम्लाको आर्थिक विकासका एक आयाम हो। संघीय सरकारले दुर्गम कृषि क्षेत्र उत्थानका लागि आवश्यक लगानीको नीति बनाउँछ।’

कर्णाली कृषि, पर्यटन, जडीबुटीका हिसाबले प्रचुर सम्भावना युक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए। जुम्लाका उत्पादनलाई सहज रूपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिनेसमेत अर्थमन्त्री शर्माले प्रतिबद्धता गरे।