१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जलवायु परिवर्तनले घट्दै माछाका प्रजाति

मानवको नियमित जनजीवन, अर्थतन्त्र, स्वास्थ्य र खाद्यमा पनि जलवायु परिवर्तनको प्रभाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४४:oo

सिंगो विश्व जलवायु परिवर्तनको चपेटामा छ । सन् २०१९ तिर युएन महासचिवले यस्तो परिवर्तन मानव जातिका लागि ‘रातो संकेत’ भएको बताएका थिए । बढ्दो जलवायु परिवर्तनले मानवको नियमित जनजीवन, अर्थतन्त्र, स्वास्थ्य र खाद्यमा पनि प्रभाव त पारिरहेको छ नै, यसले भविष्यमा माछाका विभिन्न प्रजातिको उत्पादनसमेत कम हुने देखिएको छ ।

रोयल सोसाइटी बीमा प्रकाशित प्रतिवेदनका अनुसार तापक्रम बढ्दै जाँदा सिकारीको सिकारी प्रतिक्रियाले माछालाई हुर्कन र बढ्नबाट वञ्चित गराउनेछ । शोधकर्ताले गरेको शोधमा जलवायु परिवर्तनले माछाका यी विभिन्न प्रजाति ठूलो मात्रामा ऐतिहासिक ठाउँबाट अर्को ठाउँमा बसाइँ मात्रै सर्दैनन्, उनीहरू भौगिलक रूपमा समेत उक्त क्षेत्रबाट टाढा जानेछन् । 

एउटा माझीले एट्लान्टिकमा आगामी दुई सय वर्षसम्म पनि माछा पाउन सक्छ । तर, त्यसको संख्या एकदमै कम हुनेछ । माछा पालनको दृष्टिकोणबाट हेर्दा आज हामीले जुन प्रजातिका माछाको सिकार गरिरहेका छौँ, भोलि पनि ती प्रजाति हुनेछन् । तर, तिनीहरूको मात्रा भने निकै कम हुने प्रतिवेदनका सहलेखक तथा रटगर्स विश्वविद्यालयका प्राध्यापक मलिन पिन्स्कीको भनाइ छ । अहिले विश्वमा जनसंख्याको वृद्धिदर कम भइरहँदा माछा मार्ने काम सजिलो भइरहेको छ । खाद्य शृंखलासँग जोडिएको तापक्रम सामुद्रिक जैविक विविधतालाई एउटै जाँतोमा राखेर पिसेझैँ हुनेछ । 

यसअघि शोधकर्ताले गरेको वासस्थान परिवर्तनसम्बन्धी शोधमा माछाका विशेष प्रजातिमाथि जलवायु परिवर्तनले पारेको प्रत्यक्ष प्रभावमाथि ध्यान केन्द्रित गरेका थिए । हालसालैको अध्ययनले एक प्रजातिको प्रक्रिया खर्चलाई अर्को प्रजातिको खर्चमा पोषण गरिएको देखाएको छ । यस्तै अन्य खाद्य शृंखला गतिशीलताले यी प्रजातिको श्रेणीलाई कस्तो प्रभाव पर्छ भन्ने हेरिएको थियो ।

परिस्ष्कृत कम्प्युटर मोडेलको प्रयोग गर्दै शोधकर्ताले गरेको अध्यनमा विशेषगरी ठूला सिकारी माछा एक क्षेत्रबाट अर्को क्षेत्रमा जलवायुको परिवर्तनभन्दा ढिलो आफ्नो सीमा स्थानान्तरित गर्ने कारण बन्ने भेटिएको थियो । शोधअनुसार आगामी दुई सय वर्षको जलवायु परिवर्तनमा माछाका विभिन्न प्रजातिले लगातार फेरबदल गर्नेछन् । यसमा आफ्नो क्षेत्र परिवर्तनको प्रक्रिया मुख्य हुने शोधका प्रमुख लेखक इडब्लू तेक्वाको ठम्याइ छ । 

तेक्वाका अनुसार दुई सय वर्षपछि पनि सामुद्रिक प्रजाति अझै पनि तापमान परिवर्तनबाट पीडित छन् । जति–जति तापक्रम बढ्दै जान्छ, यी प्रजाति पृथ्वीमा जीवनको एउटा नाटकीय पुनर्गठनमा निश्चित ध्रुवतिर बढ्दै  गइरहेका छन् । ‘यद्यपि, यीबारे हाम्रो बुझाइले जीव–जनावर आदिले पनि खानुपर्छ भन्ने जीवनको प्रमुख विशेषतालाई अस्वीकार गरिदिएको छ,’ तेक्वाको भनाइ छ  । पोषणको मूलभूत आवश्यकताले प्रजातिको गतिविधिलाई प्रभाव पार्न सक्नेबीचको जुन ज्ञान–अन्तर थियो, शोधकर्ता त्यसको पहिचानमा सफल भएका छन् । 

उनीहरूले विकसित गरेको खाद्य शृंखला मोडेलमा मेटाबोलिजम, शरीरको आकार, तापमान रेन्ज र प्यारामिटर सामेल थिए । शोधमा जलवायु परिवर्तनका हिसाबले गतिशील बोझ अन्तरक्रियाले प्रजातिले तापक्रममा  छिटै प्रतिक्रिया जनाउने क्षमतामा बाधा पु¥याउने पाइएको थिए । 

ठूला शरीरधारी मुख्य सिकारी माछा ऐतिहासिक वासस्थानमा साना सिकारीको तुलनामा बढी समयसम्म बस्छन् । त्यसको एउटै कारण हो , पूर्वतापमानित क्षेत्रमा नयाँ खाद्य स्रोतको आगमन  । यो गतिशीलता केवल एउटै ठाउँमा मात्रै नभएर विश्वस्तरमा नै हुने शोधमा उल्लेख छ, जुन सामुद्रिक जीवनका लागि त्यति उत्तम मानिँदैन ।

ad
ad