Skip This
धनगढी पार्कमोड सडकलाई जेन-जी मार्ग नामकरण गरिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025
२o८२ असोज १ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनगढी पार्कमोड सडकलाई जेन-जी मार्ग नामकरण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज १ बुधबार १४:३९:oo

जेन–जीहरूको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा धनगढी उपमहानगरपालिका– १ स्थित पार्कमोड सडकलाई जेन-जी मार्ग नामकरण गरिने भएको छ। धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले उक्त सडकलाई जेन–जी मार्ग नामकरण गर्नेसम्बन्धी प्रस्ताव नगरको कार्यपालिका बैठकमा लगिने बताएका छन् ।

धनगढी–१, पार्कचोकदेखि पार्कमोड, कवर्ड हल हुँदै क्याम्पस रोड छुने सडकलाई जेन-जी मार्ग नामकरण गरिने उनले बताए। नगरप्रमुख हमालले यो सडक क्षेत्रलाई जेन-जी मार्गको नाम प्रयोग गर्नसमेत सामाजिक सञ्जाल फेसबुकबाट नगरवासीलाई आग्रह गरेका छन् ।

न्याय, अधिकार र परिवर्तनका लागि जेन–जी आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने सहिदहरूको साहस सबैका लागि प्रेरणाको स्रोत रहेकोसमेत नगर प्रमुख हमालले बताए ।